संक्रमण फेरि बढ्दो, यो साता ४९ प्रतिशतले बढ्यो मृत्युदर
कोभिड-१९ को संक्रमण फेरि बढ्न थालेको छ। गत साताको तुलनामा यो साता संक्रमण १४ प्रतिशतले र मृत्युदर ४९ प्रतिशतले बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, दुई साताअघिसम्म साप्ताहिक संक्रमणदर र मृत्युदर घट्दो क्रममा थियो। पछिल्लो सात दिनयता भने साप्ताहिक संक्रमणदर र मृत्युदर बढ्दो क्रममा छ।
गत सात दिन अर्थात ३१ असारदेखि ६ साउनसम्म १२ हजार ८३ जनामा कोरोना देखिएको छ। अघिल्लो साता अर्थात् २४ देखि ३० असारसम्म १० हजार ६२६ जनामा कोरोना देखिएको थियो। अघिल्लो साताको तुलनामा यो साता १४ प्रतिशतले बढेको हो।
गत साता ८४ हजार ३१६ जनाको स्वाब परीक्षण गरिएको छ भने अघिल्लो साता ७६ हजार ८१६ जनाको स्वाब परीक्षण गरिएको थियो। परीक्षणदर भने ८ प्रतिशतले मात्रै बढेको छ।
अघिल्लो साताको तुलनामा पछिल्लो सात दिनमा मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ। २४ देखि ३० असारसम्म १३९ जनाको मृत्यु भएको थियो भने पछिल्लो सात दिन अर्थात् ३१ असारदेखि ६ साउनसम्म २०७ जनाको मृत्यु भएको छ। अघिल्लो साताको तुलनामा यो साता ४९ प्रतिशतले बढेको हो।
दैनिक तथ्यांक हेर्दा पनि परीक्षण र संक्रमणको संख्या थोरै मात्र तलमाथि देखिए पनि मृत्यु हुनेको संख्यामा भने धेरै घटबढ देखिएको छ।
दुई सातामा परीक्षण, संक्रमण र मृत्यु हुनेको संख्या :