बीएसभीआई मोडेलको होण्डा ग्राजिया बजारमा
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले बीएसभीआई मोडेलको ग्राजिया स्कूटर सार्वजनिक गरेको छ।
यो पीजीएम–एफआई (प्रोग्राम फ्यूल इन्जेक्सन) प्रविधिमा आधारित छ। यसले स्कूटरलाई शक्तिशाली बनाउनुको साथै पेट्रोल कम खपत गर्ने कम्पनीको दाबी छ।
१२५ सीसी क्षमताको ग्राजियामा १५५ देखि १७१ एमएम ग्राउन्ड क्लियरेन्स छ। ग्राजियाको मूल्य २ लाख ६९ हजार ९०० देखि २ लाख ८९ हजार ९०० तोकिएको कम्पनीले जनाएको छ।