यी थिए उत्तम नेपाली
अमूर्त कलाका अग्रज कलाकार नेपालीले कृति र स्रष्टालाई पनि अर्ध–अमूर्त शैलीमा क्यानभासमा समेटेका थिए। २०५२ देखि २०५४ सालसम्म उनी प्रत्येक दिनजसो स्रष्टालाई आफ्नो कला स्टुडियोमा निम्त्याउँथे र तीन घण्टासम्म क्यानभास अगाडि राखेर अनुहारको भाव उतार्थे।
श्वासप्रश्वास, मुटु र अल्जाइमर्स रोगले एकैचोटि गालेका थिए, कलाकार उत्तम नेपालीलाई। धन्य हो, अल्जाइमर्स लागे पनि उनले रङ र कुचीलाई बिर्सेका थिएनन्। काठमाडौं, बाँसबारीस्थित निवासमा उनी दिनभरजसो रङ, कुची र क्यानभासको कला-समाधिमै हुन्थे।
नेपाली चित्रकलालाई आधुनिकता दिने नामी कलाकार नेपालीले बुधबार बिहान ४ बजे महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ८४ वर्षे जीवनबाट विश्राम लिए। उनी विसं १९९४ वैशाखमा उत्तमप्रसाद कर्माचार्यका रूपमा काठमाडौंको किलागलमा जन्मिएका थिए। उनको परिवार व्यापारको सिलसिलामा भारतको लखनउमा बस्थ्यो । उनले सम्पूर्ण कला शिक्षा उतै पाए।
उत्तमको विचारमा आधुनिक कला 'मनको कला' हो, बन्देज–सीमा–आयाम विनाको कला। 'आधुनिक कला भनेको साँच्चिकै बहुलापन नै रहेछ,' उनी भनिरहन्थे, 'मनमा जे आउँछ, क्यानभासमा त्यही उतार्नु पागलपन नै हो ।'
उत्तमले कलाकार जीवन रोज्दा सबैभन्दा दुःखी भएका थिए, उनकै कस्तूरी–व्यापारी बुबा। बुबा उनलाई व्यापारी बनाउने ध्याउन्नमा थिए। तर, उनले चित्रकारिताको बाटोमा हिँड्ने अठोट गरिसकेका थिए। उत्तमको जिद्दीसामु बुबाको जबर्जस्ती टिक्न सकेन।
उनका बुबालाई 'चित्रकारले पैसा कमाउन सक्दैन' भन्ने लाग्नु अस्वाभाविक थिएन। उनले लखनउ कलेज अफ आर्ट एन्ड क्राफ्टबाट पाँच वर्षे कोर्स पूरा गरे । स्नातकोपाधिसँगै २०१८ सालमा स्वदेश फर्केर आधुनिक चित्रकलाको अगुवाइ गरे। लैनसिंह बाङ्देल, उर्मिला गर्ग, शशी शाह उनका समकालीन मानिन्छन्।
काठमाडौं फर्कनासाथ उत्तमले त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा एकल कला प्रदर्शनी गरे। त्यहाँ कलाप्रेमीको घुइँचो लाग्यो। राजा महेन्द्रले उनका थुप्रै चित्र किनेर लगेका थिए। अमूर्त कला भएकाले कतिपयले उनलाई 'बहुला' भन्न छाडेनन्।
उत्तमको विचारमा आधुनिक कला 'मनको कला' हो, बन्देज–सीमा–आयाम विनाको कला। 'आधुनिक कला भनेको साँच्चिकै बहुलापन नै रहेछ,' उनी भनिरहन्थे, 'मनमा जे आउँछ, क्यानभासमा त्यही उतार्नु पागलपन नै हो।'
शुरूमा उनी परम्परागत चित्रकारितामै थिए। लखनउमा उनले परम्परागत 'वास पेन्टिङ' सिकेका थिए। कलाकार शशी शाहको सम्झनामा उनी गणेशका अनेक आकृति हुबहु उतार्थे। बिस्तारै आधुनिक कलातिर ढल्किए उत्तम। भने जति स्वतन्त्रता आधुनिक कलामै पाइन्छ भन्ने उनको धारणा थियो। त्यसैले उनले आधुनिक अमूर्त चित्रकलाको व्याख्या, विस्तार र प्रचारप्रसारमा जीवन व्यतीत गरे।
रङ मार्फत आफ्नो आवाजलाई अनुवाद गर्न सक्षम कलाकार उत्तम नेपाली कवि, गीतकार र अभिनेताका रूपमा समेत परिचित छन्। भ्वाइलिन, गितार र सितारका पारखी उनको 'उत्तम नेपालीका कविताहरू' कवितासंग्रह प्रकाशित छ। यसैगरी 'आमा' र 'हिजो आज भोलि' चलचित्रमा अभिनय समेत गरेका थिए। उनले सूचना विभागको विभागीय प्रमुखका रूपमा अवकाश पाएका थिए।
रङ मार्फत आफ्नो आवाजलाई अनुवाद गर्न सक्षम कलाकार उत्तम नेपाली कवि, गीतकार र अभिनेताका रूपमा समेत परिचित छन्। उनको 'उत्तम नेपालीका कविताहरू' कवितासंग्रह प्रकाशित छ। यसैगरी 'आमा' र 'हिजो आज भोलि' चलचित्रमा अभिनय समेत गरेका थिए।
नेपाल, भारत, बाङ्लादेश, जापान, दक्षिण कोरिया, तत्कालीन सोभियत संघ, अस्ट्रेलिया लगायत मुलुकमा चित्रकला प्रदर्शनी गरेका उत्तमका कलाकृति नारायणहिटी संग्रहालयका साथै न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा संगृहीत छन्।
नेपालीका पत्नी मन्दिरा कर्माचार्य, दुई छोरा उद्यम र सुद्यम तथा दुई छोरी ममता र प्रकृति छन्। पाँच वर्षदेखि उनको स्वास्थ्य स्थिति खराब रहेकाले सयौं कलाकृति प्रदर्शन हुन सकेनन्। नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य नेपालीलाई अनलाइन आर्ट ग्यालरी ई–आर्टस् नेपालले 'कला-उस्ताद'का रूपमा सम्मान गरेको थियो।
अमूर्त कलाका अग्रज कलाकार नेपालीले कृति र स्रष्टालाई पनि अर्ध–अमूर्त शैलीमा क्यानभासमा समटेका थिए। २०५२ देखि २०५४ सालसम्म उनी प्रत्येक दिनजसो स्रष्टालाई आफ्नो कला स्टुडियोमा निम्त्याउँथे र तीन घण्टासम्म क्यानभास अगाडि राखेर अनुहारको भाव उतार्थे। २०५४ सालमा उनले ६६ स्रष्टासहितको एक पृथक् कला प्रदर्शनी गरे।
मनैदेखि कलाकार थिए उत्तम नेपाली। अमेरिका बसाइमा तीन पटक हृदयाघात हुँदा अस्पतालका भित्ताहरू खाली खाली देखेर उनलाई चित्र बनाउन मन लाग्यो रे। कलाकारका लागि सौन्दर्य पक्षभन्दा पनि अभिव्यक्ति पक्ष बढी महत्त्वपूर्ण रहेको धारणा राख्थे उनी।
'अमूर्त कलामा प्रत्येक दर्शकको आआफ्नै बुझाइ र अनुभव हुने गर्दछ र त्यो व्यक्तिगत हुन्छ,' उनले बीबीसीसँग भनेका थिए, 'एउटी सुन्दर स्त्री दश जनालाई देखायो भने हरेकले त्यसका विभिन्न पक्षलाई सुन्दर मान्छन्, तर सुन्दर त सुन्दर नै भन्छन् सबैले।'