१३ हजार स्वाब परीक्षण गर्दा ३१ सयमा कोरोना
आज देशभर तीन हजार १०८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १३ हजार १३५ जनाको स्वाब परीक्षण गर्दा तीन हजार १०८ जनामा कोरोना देखिएको हो। जसमध्ये आठ हजार ८३६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०२ जनामा र चार हजार २९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०६ जनामा कोरोना देखिएको हो।
त्यस्तै, कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ। सोमबार ३२ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६०७ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ५९५ जना निको भएका छन्। सोमबार एक हजार २५८ जना निको भएका थिए। अझै २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन्।