ग्लोबल कलेजका विद्यार्थीले नेपाल लाइफमा इन्टर्न गर्न पाउने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको छ।
सम्झौता अनुसार, ग्लोबल कलेजका विद्यार्थीले नेपाल लाइफमा इन्टर्न गर्ने अवसर पाउने छन्। त्यसैगरी जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने छ।
बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ रहने सम्झौतामा जनाइएको छ।
नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र ग्लोबल कलेजका तर्फबाट प्राचार्य डा. देवराज पनेरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।