९ साउनदेखि काठमाडौं–नयाँ दिल्ली सातामा ६ उडान
९ साउनदेखि काठमाडौं–नयाँ दिल्ली सातामा ६ उडान हुने भएको छ।
२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उडान थप गर्ने निर्णय गरेको कानूनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए।
अहिले काठमाडौं–दिल्ली सातामा दुई उडान भइरहेको छ। ९ साउनदेखि नेपाल एअरलाइन्सले सातामा तीन उडान गर्नेछ भने भारतको एअर इन्डियाले पनि सातामा तीन उडान भर्नेछ।
नेपाल एअरलाइन्सले शनिबार, सोमबार र बुधबार उडान भर्ने जनाइएको छ।