नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, व्यापार उपसमूह १९६ अंकले बढ्यो
सोमबार शेयर बजार परिसूचक, नेप्से १३.८० अंकले बढेको छ।
बजार खुलेको १५ मिनेटमा ३०३२ बिन्दुमा पुगेको परिसूचक उतारचढाव हुँदै २९९४.४२ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो।
आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ११ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज व्यापार उपसमूहको शेयर मूल्य १९६.०२ अंकले बढेको छ। त्यसैगरी, ब्यांकिङ उपसमूह १०.५५, निर्जीवन बीमा १०१.५७, जीवन बिमा ५६.४८, उत्पादन ३२.१६, अन्य १६.८७, लगानी १.५९ र म्युचुअल फण्ड उपसमूहको शेयर ०.१० अंकले बढेको छ।
सोमबार सिनर्जी पावरमा सकारात्मक सर्किट लाग्यो। कारोबारको हिसाबले शीर्ष स्थानमा एनआईसी एशिया ब्यांक रह्यो। यसको ३५ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।