अपांगता भएका व्यक्तिलाई अमेरिकी खोप (तस्वीरहरू)
अपांगता भएका व्यक्तिलाई एउटै डोजले पुग्ने कोभिड-१९ विरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ लगाउन थालिएको छ।
सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपांग संघको खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपांगता भएका व्यक्तिलाई जोन्सन एन्ड जोन्सन खोप लगाइएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रबाटै जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियानको शुरूआत गरेका छन्।
तीन दिनसम्म चल्ने खोप अभियानमा अमेरिकाले अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन खोप लगाइनेछ। यो खोप अपांगता भएका व्यक्तिसँगै ५० देखि ५४ वर्षसम्मका नागरिकलाई लगाउन थालिएको हो।
खगेन्द्र नवजीवन केन्द्रमा रहेका ३५० जना अपांगता भएका व्यक्तिलाई खोप लगाइएको छ।