नेमकिपाका सांसद सुवालले मतदानमा भाग नलिने
नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रतिनिधि सभामा विश्वासको मतको मतदानमा भाग नलिने भएका छन्।
प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले आफू पक्ष र विपक्षमा नभएको बताए। स्वतन्त्र सांसदका रूपमा रहेका सुवालले आफू मतदानमा भाग नलिने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव प्रतिनिधि सभामा पेश गरेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।