यस्तो छ प्रतिनिधि सभामा मतदानको तयारी (तस्वीरहरू)
प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गरेको विश्वासको मतका लागि मतदान गर्न प्रतिनिधि सभामा तयारी गरिएको छ।
संघीय संसद् सचिवालयले मत विभाजनका लागि तयारी गरेको हो। सचिवालयले मत विभाजनका लागि तीन स्थानमा छुट्टाछुट्टै मत दिने व्यवस्था गरेको छ।
विश्वासको मतको पक्षमा भोट दिनेका लागि ‘हुन्छ’, विपक्षमा भोट दिनेका लागि ‘हुन्न’ र कुनै पनि पक्षमा भोट नदिनेका लागि ‘मत दिन्नँ’ भनेर विभाजन गरिएको छ। सांसदले छुट्टाछुट्टै ठाउँमा गएर मत दिनसक्नेछन्।