प्रधानमन्त्री देउवाले मागे विश्वासको मत (लाइभ)
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन्।
उनी नेपाल संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए। यस धारा अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
प्रधानमन्त्री देउवाले पुनःस्थापिन प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा विश्वासको मत लिन लागेका हुन्। यसका लागि उनले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै सांसदहरूसँग आग्रह गरेका हुन्।