अब लामो दूरीका गाडीको कुन रुटमा कति भाडा?
यातायात व्यवसायीको माग अनुसार, सरकारले लामो दूरीका सार्वजनिक यातायातका साधनको भाडा बढाएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार, लामो दूरीका सार्वजनिक यातायातका साधनको भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। २७ असारमा तत्कालीन यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गाडी भाडा बढाउने निर्णय गरेका थिए।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा गाडी भाडा बढाएको विभागले जारी गरेको सूचनामा जनाइएको छ। अहिले लामो दूरीका यातायातका साधनमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको हो।
विभागले जारी गरेको सूचनामा यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत भाडा बढाएको जनाइएको छ। त्यस्तै, मालवाहक सवारीको पहाडी रुटमा २० प्रतिशत र तराईका रुटमा २६ प्रतिशत भाडा बढाइएको छ।
लामो दूरीका डिलक्स गाडीमा बढेको भाडामा पनि थप २० प्रतिशतसम्म लिनसक्ने व्यवस्था गरिएको छ। वृद्धि भएको भाडा २९ असारदेखि लागू गरिएको छ।
यस्तो छ देशभरिको नयाँ भाडादर :