३ साउनमा प्रतिनिधि सभा बैठक बोलाउन सिफारिश गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को बैठकले ३ साउनमा प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ।
बिहीबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को ३ साउन अपराह्न ४ बजे संघीय संसद् भवन बानेश्वरमा बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले बताए। मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार, आजै राष्ट्रपति समक्ष सिफारिश गरिने भएको छ।
सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापना गर्दै सात दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार, आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिश गरेको हो।