प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीबीच बिहीबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवालाई भेट्न अमेरिकी राजदूत बेरी बिहीबार देउवानिवास बूढानीलकण्ठ पुगेका थिए। भेटवार्तामा दुई देशको सम्बन्ध र हितका विषयमा छलफल भएको जनाएको छ।
भेटवार्तापछि ट्वीट गर्दै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताएका छन्।
अमेरिकी राजदूत बेरीले पनि ट्वीट गर्दै अमेरिका-नेपालको ७५ वर्ष लामो सम्बन्ध थप सुदृढ बन्ने बताएका छन्। उनले यसअघि मंगलबार शुभकामना पनि दिएका थिए।