मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। आज दिउँसो २ बजे सिंहदरबारमा बैठक बोलाइएकाे छ।
प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिश गर्ने लगायतका विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापना गर्दै सात दिनभित्र अधिवेशन बोलाउन आदेश दिएको थियो।
यससँगै मन्त्रालयका नियमित एजेन्डाबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि २९ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई निःशुल्क कोरोनाभाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको थियो।