खोप केन्द्रमा बिहानैबाट लाम (तस्वीरहरू)
कोभिड-१९ विरुद्धको खोप लगाउन बिहानैबाट राजधानीका खोप केन्द्रमा लाम लागेको छ।
चीनबाट खरीद गरिएको कोरोनभाइरसविरुद्धको खोप भेरोसेल लगाउन थालिएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइँदै छ।
यसअघि छुटेका अत्यावश्यक सेवामा कार्यरत कर्मचारी, शिक्षक, प्राध्यापकलाई पनि पहिलो डोज लगाउन थालिएको छ। भक्तपुरमा पनि बिहानैबाट वृद्धवृद्धासँगै यसअघि छुटेका अत्यावश्यक सेवाका कार्यरत कर्मचारी खोप लगाउन खोप केन्द्र पुगेका छन्।