जनगणनामा यस कारण लेखाऔं 'कुलुङ'
राईमा गाभिएको कुलुङ जातिको छुट्टै भाषा, वेशभूषा, मौलिक संस्कार आदि भएकाले आदिवासी जनजाति सूचीमा सूचीकृत गर्न जातिगत सजगता आवश्यक छ। यस क्रममा आउँदो जनगणनामा राई वा कुलुङ राई नलेखी कुलुङ नै लेखाऔं।
कुलुङ जातिलाई हालसम्म अन्य समुदायले ‘राई’ भनेर चिन्ने गरेका छन्। जब कि नेपालका अन्य जातजाति जस्तै कुलुङको अलग्गै जातीय बनोट, स्वपहिचान, ऐतिहासिक भूमि, वंश–परम्परा, मातृभाषा, वेशभूषा, संस्कार, रीतिथिति आदि छन्। यी आधार हुँदाहुँदै कुलुङ जाति राईको आवरणले छोपिएको छ।
कुलुङलाई राई जातिका रूपमा चिन्नुमा विगतका जान–अन्जान गल्ती कारक छन्। हिजोसम्म जानेर वा नजानेर वा ‘राई’ लेख्दा/भन्दा ठूलो मान्छे भइन्छ भनेर पनि कुलुङ जातिका प्रायः सबैले आफ्नो नामको पछाडि ‘राई’ लेखे। तर, यथार्थमा ‘राई’ जाति जनाउने शब्द नभएर पदवी मात्रै थियो। शुरूमा यो शब्दले स्थानीय स्तरको शासक जनाउँथ्यो।
‘राई’ शब्दको व्युत्पत्ति ‘राय’ बाट भएको हो। ‘राय’ शब्दले कर्णालीतिर ‘राजा’ भन्ने अर्थ लाग्थ्यो भने पूर्वमा सेन शासनकालमा हालको प्रधानमन्त्री वा मन्त्रीका रूपमा ‘राय’ पद दिइएको थियो। उदाहरणका लागि बुद्धिकर्ण ‘राय’, अटलसिंह ‘राय’, चतमे ‘राय’ आदिलाई लिन सकिन्छ। बुद्धिकर्ण ‘राय’ त हालै आएर तेह्रथुम जिल्लाको ‘छ–थर भेक’ का एकथरी लिम्बूको वंश भएको प्रमाणित भएको छ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजाति हुनलाई तोकेका आधारहरूमा कुलुङ जातिको आफ्नो छुट्टै भाषा, वेशभूषा, वंश–पुर्खाको इतिहास, मौलिक धर्म, संस्कार–संस्कृति र चालचलन छ। गरगहना र मौलिक बाजागाजा छन्। यसबाहेक पनि ऐतिहासिक भूमि ‘महाकुलुङ’ छ। जुन ठाउँ हालको सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्छ। यसरी हेर्दा कुलुङ पनि आदिवासी जनजाति सूचीमा अलग्गै जातिका रूपमा सूचीकृत हुनुपर्ने देखिन्छ।
‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ ऐन, २०५८ को दफा २ (क) मा ‘आदिवासी/जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनुपर्छ’ भनिएको छ। तर, ऐन अनुसार कुलुङ जातिलाई हालसम्म नेपालका अन्य आदिवासी जनजाति सरह अलग्गै जाति सूचीकृत गरिएको छैन, राई जातिमै गाभिएको छ।
प्रतिष्ठानले आदिवासी जनजाति हुनलाई तोकेका आधारहरूमा कुलुङ जातिको आफ्नो छुट्टै भाषा, वेशभूषा, वंश–पुर्खाको इतिहास, मौलिक धर्म, संस्कार–संस्कृति र चालचलन छ। गरगहना र मौलिक बाजागाजा छन्। यसबाहेक पनि ऐतिहासिक भूमि ‘महाकुलुङ’ छ। जुन ठाउँ हालको सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्छ। यसरी हेर्दा कुलुङ पनि आदिवासी जनजाति सूचीमा अलग्गै जातिका रूपमा सूचीकृत हुनुपर्ने देखिन्छ।
विशिष्ट पहिचान र प्रचलन
नेपालको हालसम्मको जातीय बनोटका आधारमा उदाहरण प्रस्तुत गर्दा मगरलाई एउटा जात मानिन्छ। मगरभित्र थापा, केप्छाकी, आले, सोमई, तिलिजा, पुन, गर्बुजा, मास्की, रज्जाली थरहरू हुन्छन्। त्यसरी नै कुलुङ भनेको पनि एक जाति हो र यसभित्र पनि विभिन्न थर–उपथर छन्। जस्तै, कुलुङ जाति अन्तर्गत थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ती, थोप, वारोखू, गोक्तुलू, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बू, मोल्थो, ङोपोचो, रोतेम्बू लगायत ३८० वटाभन्दा बढी थर र उपथर छन्। त्यसैले कुलुङ–कुलुङबीचमै पनि बिहेबारी चल्ने गरेको छ।
कुलुङहरूको वंशभित्र सात पुस्ता र मावलीतर्फ पाँच पुस्ता नाता पछ्याउने प्रचलन छ। केही गरी नाताभित्रै यौन सम्बन्ध तथा विवाह भयो भने त्यस्ता दम्पतीलाई नयाँ थर र दप्निङ–दप्सनिङ (गोत्र जस्तै) दिइन्छ। त्यसपछि उनीहरू कुटुम्ब सरह हुन्छन्। त्यही भएर ‘आदिवासी जनजातिहरूमा पहिलेदेखि नै मानवअधिकारको ग्यारेन्टी थियो’ भन्ने पनि गरिन्छ।
कुलुङ जातिको जातीय तथ्यांक (जनसंख्या) पहिलो पटक २०६८ सालको जनगणनामा आएको हो। त्यसअघि अलग्गै जातीय तथ्यांक आएको थिएन, भाषिक तथ्यांक मात्रै आउने गरेको थियो। उक्त जनगणना अनुसार, कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ जना छ भने कुलुङ मातृभाषीको संख्या ३३ हजार १७० छ।
कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थान (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन्। यी ठाउँलाई कुलुङहरू मातृभाषामा ‘मा कुलु’ भन्छन्। विदेशी लेखक, अन्वेषक र नेपालका अन्य जातजातिले भने यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्छन्।
कुलुङ जातिको बाक्लो बसोबास रहेका क्षेत्रहरू सोलुखुम्बुको महाकुलुङ क्षेत्रका साथै संखुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, सुनसरी, मोरङ र भारतका दार्जीलिङ, सिक्किम, आसाम हुन्। यसबाहेक कुलुङहरू ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, खोटाङ, उदयपुर, सिरहा, धनुषा, कास्की, मुस्ताङ, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर लगायत लगभग २३–२४ जिल्लामा छरिएर रहेका छन्।
कुलुङ जातिको जातीय तथ्यांक (जनसंख्या) पहिलो पटक २०६८ सालको जनगणनामा आएको हो। त्यसअघि अलग्गै जातीय तथ्यांक आएको थिएन, भाषिक तथ्यांक मात्रै आउने गरेको थियो। उक्त जनगणना अनुसार, कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ जना छ भने कुलुङ मातृभाषीको संख्या ३३ हजार १७० छ।
२०६८ सालको जनगणनाको तथ्यांक अनुसार नै अब हुन लागेको १२औं राष्ट्रिय जनगणनामा कुलुङ जातिलाई अलग्गै जातिगत कोड–२९ र भाषागत कोड–३३ उपलब्ध गराएको छ। यद्यपि यसअघि जेठ २५ गतेदेखि असार ७ गतेसम्म तय गरेर कोरोनाभाइरस संक्रमण महामारीका कारण स्थगित गरिएको जनगणना अनिश्चित बनेको छ। जनगणना गर्ने निकाय केन्द्रीय तथ्यांक विभागले आउँदो भदौ वा असोजमा जनगणना गर्न सकिने विषयमा छलफल गरिरहेको समाचार आएका छन्।
जहाँसुकैका कुलुङहरूले कुलपितृ अर्थात् पुर्खाहरूलाई सम्झिने कार्य आदिमा कुलुङ जातिका मोप/नोक्छो (पुरोहित) ले कुलु रिङ अर्थात् कुलुङ भाषामा ‘रिदूम’ (अरूले ‘मुन्धुम’ भन्छन्) फलाक्छन्। कुलुङहरूको जन्म, मृत्युको संस्कार र विवाहको प्रचलन पनि विशिष्ट छ। जन्म संस्कार गर्दा बच्चा जन्मेपछि सुत्केरीले नै नाइटो काटिदिने, भाङ्ग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भाङ्ग्राकै कपडाले बेरेर राख्ने राखिन्छ।
कुलुङ भाषाको विकासमा पनि केही काम भएका छन्। २०५८/५९ सालमा (यले दोङ अर्थात् किरात सम्वत् ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरू, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो वेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरू, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ती लगायतको सक्रियतामा भाषाविद्हरू अमृत योन्जन–तामाङ र डा. माधवप्रसाद पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो। जस अनुसार, कुलुङ भाषामा १२ वटा स्वर वर्ण र २१ वटा व्यञ्जन वर्ण पहिचान गरिएको छ। कुलुङ भाषामा दीर्घ मात्रै भएकाले लिपिबद्ध गरिँदा दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउँदा विसर्ग चिह्न (:) प्रयोग गर्ने व्यवस्था गरिएको छ।
जहाँसुकैका कुलुङहरूले कुलपितृ अर्थात् पुर्खाहरूलाई सम्झिने कार्य आदिमा कुलुङ जातिका मोप/नोक्छो (पुरोहित) ले कुलु रिङ अर्थात् कुलुङ भाषामा ‘रिदूम’ (अरूले ‘मुन्धुम’ भन्छन्) फलाक्छन्। कुलुङहरूको जन्म, मृत्युको संस्कार र विवाहको प्रचलन पनि विशिष्ट छ। जन्म संस्कार गर्दा बच्चा जन्मेपछि सुत्केरीले नै नाइटो काटिदिने, भाङ्ग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भाङ्ग्राकै कपडाले बेरेर राख्ने राखिन्छ। सुत्केरी भएपछि स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धूलोले बच्चा र सुत्केरीलाई नुहाइदिने गरिन्छ। यसरी नुहाएपछि चोखो भएको मानिन्छ।
यस्तै, विवाहमा चेली पक्षले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रूपमा सुम्पने गरिन्छ। सामान्यतया कुलुङहरू दुईपटक विवाह गर्छन्। पहिलो विवाहसम्म चेलीको मृत्यु भइहालेमा माइती पक्षले नै काजक्रिया गर्नुपर्छ। दोस्रो विवाह छिन्ती विवाह हो, जसलाई ‘दाप्लो कुइम’ भनिन्छ।
मृत्यु संस्कार गर्दा अकालमा मरेकालाई घरभन्दा टाढा जंगल, ओडार आदिमा खाडल खनिन्छ, खाडलमा काँडा बिछ्याएर शवलाई नाङ्गै घोप्टो पारेर राखिन्छ र शवमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ। यस्तो मृत्युलाई कुलुङहरू ‘हिल्सी’ भन्छन्। स्वाभाविक रूपमा मृत्यु भएकाहरूलाई भने घुर्यान वा घर नजिकैको बारीमा गाडिन्छ।
कुलुङ जातिभित्र जन्मदेखि मृत्युसम्मका संस्कारमा बस्दा आफ्नै जातिका पुर्खाले मुख्य भूमिका खेल्छन्। त्यस्तै, मृत्यु संस्कार गर्दा मृतकको आत्मालाई महाकुलुङको ‘पोम्लालुङ’ भन्ने ठाउँमा पठाउनुपर्छ। कुलुङ जातिको विश्वास अनुसार, पोम्लालुङ नै स्वर्ग हो। सोलुखुम्बुको गुदेल गाउँको शिरमा पर्ने कुलुङ जातिको यो पवित्रस्थलमा पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाउँ छ, जसलाई ‘पोम्ला काउ’ भनिन्छ। यो ठाउँ सोलुखुम्बुको तत्कालीन बुङ र छेस्खाम गाविसको पेल्माङ–पिल्मो गाउँमा पर्छ।
हामी कुलुङहरूले कागजपत्रमा यसअघि जातजाति जेसुकै लेखेको भए पनि अब हुन लागेको जनगणनामा भने 'राई' वा 'कुलुङ राई' होइन, ‘कुलुङ’ मात्रै लेखाऔं। २०६८ सालको जनगणनामा भोजपुर, इलाम, तेह्रथुम, झापा, मोरङ लगायत धेरै जिल्लामा राई वा कुलुङ राई लेखाएको हुनाले आधाभन्दा बढी कुलुङको जनसंख्या राईमा गाभिन गयो।
कुलुङ जातिका चाडपर्व तथा पूजाहरूमा चाक्चाकूर (नयाँ वर्ष), तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम–साइपोको आदि प्रमुख हुन्। साह्रै अनिकाल पर्यो, दुःख वा बिरामी भयो भने मात्रै देदाम पूजा गर्ने प्रचलन छ। जुन साह्रै खर्चिलो हुन्छ। देदाम गर्न जोडी सुंँगुर, कुखुरा, वादी (अन्डा), दी र हाङ्मुवा (जाँड र रक्सी) आदि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरबारले हानेर मार्नुपर्छ।
तोस गर्दा ‘योंङकुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ। त्यस्तै, नागी पूजा गर्दा ‘दी छारी’ (पूजा गर्दा घ्याम्पो राख्ने ठाउँ) मा लीप् (घ्याम्पो) लाई पिँधमा प्वाल पारेर राखिएको हुन्छ, जुन ‘दी’ (जाँड) ले सुक्तुलू (चुल्हो) पुजिन्छ। यो पूजा ठाउँ अनुसार फापर, जौ र कोदाको जाँडले गरिन्छ।
जनगणनामा जातीय पहिचानको सवाल
राष्ट्रिय जनगणना यही भदौ वा असोज महीनामा हुने सम्भावना रहेकाले हामी कुलुङहरू आफ्नो जातीय पहिचानका लागि विशेष सजग हुनुपर्नेछ। गणकले सोध्ने केही प्रमुख प्रश्नमध्ये ‘तपाईंको जातजाति कुन हो भन्ने प्रश्नमा कुलुङ, मातृभाषा तथा पुर्खाको भाषा कुन हो भन्ने प्रश्नमा कुलुङ भाषा र दोस्रो भाषा कुन हो भन्ने प्रश्नमा छिमेकी भाषा (म तेह्रथुमको भएकाले लिम्बू भाषा लेख्छु) लेख्नु/लेखाउनुपर्ने देखिन्छ।
हामी कुलुङहरूले कागजपत्रमा यसअघि जातजाति जेसुकै लेखेको भए पनि अब हुन लागेको जनगणनामा भने 'राई' वा 'कुलुङ राई' होइन, ‘कुलुङ’ मात्रै लेखाऔं। २०६८ सालको जनगणनामा भोजपुर, इलाम, तेह्रथुम, झापा, मोरङ लगायत धेरै जिल्लामा राई वा कुलुङ राई लेखाएको हुनाले आधाभन्दा बढी कुलुङको जनसंख्या राईमा गाभिन गयो। त्यसैले आफ्नो जातीय उपस्थिति दह्रो बनाउन र राज्यका हरेक निकायमा सहभागिता जनाउन कसैले दोधार वा भ्रममा नपरी जातजातिको महलमा ‘कुलुङ’ मात्रै लेखाऔं। कुलुङ अगुवाहरूले आफ्नो समुदायलाई यसै अनुसार प्रशिक्षित गर्नुपर्छ।
आफ्नो जातीय पहिचान तथ्यपरक रूपमा टिपाउनु धेरै महत्त्वपूर्ण हुन्छ। किनभने राज्यले यही जनगणनालाई आधार मानेर नै जातजातिविशेषको समग्र आर्थिक अवस्था, शैक्षिक अवस्था, रोजगारीको उपलब्धता, उनीहरूको आयु, खेतीपाती, सरकारी नोकरी, विकास प्रक्रियामा सहभागिता आदि तथ्यांक केलाएर कदम चाल्ने गर्छ। त्यसैले अघिल्लो जनणनामा ‘कुलुङ’ जातिलाई उपलब्ध गराइएको अलग्गै जातिगत कोड–२९ र भाषागत कोड–३३ सम्झिराखौं।