१३ हजारको परीक्षण गर्दा २ हजार ९०५ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा २ हजार ९०५ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १३ हजार २४ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ। यो अवधिमा १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाभाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ।
मन्त्रालयका अनुसार, बुधबारसम्म ११ लाख ८ हजार ६८ जनाले दुवै मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै २६ लाख २१ हजार ४७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन्।