नेप्से १ अंकले बढ्यो, कमाउनेमा जलविद्युत्का लगानीकर्ता अगाडि
बुधबार शेयर बजार परिसूचक, नेप्से १.०१ अंकले बढेको छ।
आज परिसूचक २८७२.०५ बिन्दुमा पुगेर कारोबार रोकिएको हो। बुधबार २१४ कम्पनीका ४ करोड ४७ लाख ३६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र सामूहिक लगानी उपसूमहको शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै जलविद्युत् उपसमूहको मूल्य २.७१ प्रतिशतले बढेको छ।
आज हिमालयन पावर पार्टनरका लगानीकर्ता बढी कमाउनेमा परेका छन्। यो कम्पनीको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ।
त्यसैगरी, नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य ७.७१, कालिका पावर कम्पनीको ७.११ प्रतिशतले बढेको छ। रसुवागढी जलविद्युत्, साञ्जेन जलविद्युत् लगायत कम्पनीका लगानीकर्ताले पनि सर्वाधिक कमाएका छन्।