राष्ट्रिय सभाको आठौं अधिवेशनमा १६ अध्यादेश पेश
राष्ट्रिय सभाको आठौं अधिवेशन १२ दिनसम्म चलेर सम्पन्न भएको छ।
१७ असारबाट शुरू भएर २८ असारमा सम्पन्न अधिवेशनमा १६ वटा अध्यादेश पेश भएको संघीय संसद् सचिवालयले जनाएको छ। संवैधानिक परिषद्, शपथ, नागरिकता लगायतका अध्यादेश पेश भएका हुन्।
यस्तै, विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरेर तयार पारिएका नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी प्रतिवेदन पनि राष्ट्रिय सभामा पेश भए।