१६.३४ अंकले बढ्यो नेप्से, ५ अर्ब ५४ करोडको कारोबार
मंगलबार शेयर बजार परिसूचक नेप्से १६.३४ अंकले बढेको छ। बढेको बजार २८७१.०३ बिन्दुमा पुगेर रोकिएको हो।
आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ५ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज जीवन बीमा बाहेक सबै उपसमूहको सूचक बढेको छ। यो उपसमूहको सूचक ०.३९ प्रतिशतले घटेको छ।
आइतबार सेन्ट्रल फाइनान्सको शेयर मूल्य ६.९८ प्रतिशतले बढेको छ। त्यस्तै, समृद्धि फाइनान्सको ६.७९, मञ्जुश्री फाइनान्सको ६.६६, प्रोग्रेसिभ फाइनान्सको ६.५९, आईसीएफसी फाइनान्सको ६.५२ र एनआईसी एशिया डिबेन्चरको शेयर मूल्य ६.५० ले बढेको छ।
त्यसैगरी सानिमा लार्ज क्याप फन्ड ३.०८, सीएचडीसी हाइड्रोपावरको १.६१, इन्फिनिटी लघुवित्तको १.३४ प्रतिशतले घटेको छ।