११ हजार स्वाब परीक्षण गर्दा २३ सयमा कोरोना
आज देशभर ११ हजार ५८४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ३७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सात हजार ६८९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६९० जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, तीन हजार ८९५ जनामा एन्टिजेन परीक्षण गर्दा ६८० जनामा कोरोना देखिएको हो।
आज कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। आइतबार २० जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ४०० पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार १३३ जना निको भएका छन्। आइतबार एक हजार ५३३ जना निको भएका थिए। अझै पनि देशभर २६ हजार ७१२ जना सक्रिय संक्रमित छन्।