नेपालमा बनेर २० मुलुकका २०० भन्दा बढी विद्यालयमा प्रयोग भइरहेको ई–लर्निङ प्लेटफर्म माई सेकेन्ड टिचरले ई–लर्निङ भिडियोमा अभिनय गर्नका लागि अडिसन आह्वान गरेको छ।
ई–लर्निङ भिडियोमा शिक्षक र विद्यार्थीको भूमिका निभाउन अडिसन दिन सकिनेछ।
अडिसन मार्फत शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न २० कलाकार छनोट हुनेछन्। तीमध्ये १० जनाले नेपाली पाठ्यक्रमअनुरूप ई–लर्निङ भिडिओमा अभिनय गर्नेछन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रम अनुरूप इन्टरनेशनल ई–लर्निङ भिडिओमा अभिनय गर्ने अवसर पाउनेछन्।
जुन ५० भन्दा बढी देशमा प्रयोग हुनेछ। यसको प्रयोग २५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले गरिरहेको माई सेकेन्ड टिचरको दाबी छ।
ई–लर्निङ भिडिओमा शिक्षकको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरूको उमेर २५–४५ वर्षको बीचमा हुनुपर्नेछ।
साथै, विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारको उमेर १८–२५ वर्षको हुनुपर्नेछ।
नेपाली र अंग्रेजी भाषाको उच्चारण स्पष्ट भएका व्यक्तिले १ साउनभित्र आवदेन दिनुपर्ने माई सेकेन्ड टिचरले जनाएको छ।
हाल माई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत आईजीसीएसई तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथ विषयका भिडिओ छन्।
नेपाली पाठ्यक्रम अन्तर्गत कक्षा १० का अंग्रेजी, विज्ञान, गणित, र अर्थशास्त्र विषयका ई–लर्निङ भिडिओ छन्।