मन्त्रालयले भन्यो– वायुसेवा निगमको निजीकरण गर्ने योजना छैन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको निजीकरण गर्ने विषयमा कुनै योजना नभएको बताएको छ।
आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले निगमको निजीकरण गर्ने वा निजी कम्पनीमा रूपान्तरण गर्ने विषयमा छलफल समेत नभएको बताएको हो।
१३ असारमा बसेको सञ्चालक समितिको बैठकले नेपाल वायुसेवा निगमलाई ‘पब्लिक’ कम्पनीमा रूपान्तरण गर्न बनाइएको प्रबन्धपत्र र नियमावलीको मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो।
उक्त निर्णय भएसँगै वायु सेवा निगमका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।