७४.७१ अंकले बढ्यो नेप्से, विकास ब्यांक र फाइनान्समा लगानकर्ताको आकर्षण
आइतबार शेयर बजार परिसूचक, नेप्से ७४.७१ अंकले बढेको छ। आज परिसूचक २८९९.८२ बिन्दुमा पुगेको छ।
आज विकास ब्यांक र फाइनान्सप्रति लगानीकर्ताको आकर्षण देखिएको छ। विकास ब्यांक उपसमूह ८.२९ प्रतिशतले बढेको छ भने फाइनान्स ९.३७ प्रतिशतले बढेको छ।
आज सबै उपसूचक बढेका छन्। २२५ कम्पनीका ३ करोड १५ लाख ८८ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ८ अर्ब ६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार गोर्खाज् फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढ्यो।
त्यसैगरी साइन रेसुङ्गा विकास ब्यांक, मल्टीप्रपोज फाइनान्स, समृद्धि फाइनान्स लगायत २१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।