वर्षाले जलमग्न काठमाडौं (तस्वीरहरू)
पानीको निकास नहुँदा शनिबार काठमाडौंका थुप्रै ठाउँ जलमग्न भएका छन्।
लगातारको वर्षाले अनामनगर, तीनकुने, बानेश्वर, घट्टेकुलो लगायतका क्षेत्रमा हिँडडुल गर्न पनि समस्या भएको छ। सडक भरिँदा केही घरभित्र पनि पानी पसेको छ।
शनिबार अपराह्न केही समय यातायात समेत प्रभावित भएको थियो। वर्षाले जलमग्न अनामनगर क्षेत्रका केही दृश्यः