१० हजार स्वाब परीक्षण गर्दा २१ सयमा कोरोना
देशभर १० हजार जनाको स्वाब परीक्षण गर्दा दुई हजार १६९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, स्वाब परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ५३० जनाको पीसीआर परीक्षण गर्दा एक हजार ३५३ जनामा र तीन हजार ८८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८१६ जनामा कोरोना देखिएको हो। आज देशभर १० हजार ४१७ जनाको स्वाब परीक्षण गरिएको थियो।
त्यस्तै, कोरोनाबाट २२ जनाको मृत्यु भएको छ। शुक्रबार २० जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ३६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ४३२ जना निको भएका छन्। शुक्रबार एक हजार ३१६ जना निको भएका थिए।