सन्दीप लामिछाने ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत जाँदै
नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न आज बेलायत जान लागेका छन्।
उनी आज राति टर्किस एअरबाट बेलायत प्रस्थान गर्न लागेका हुन्। १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछाने खेल शुरू हुनुभन्दा केही दिनअघि नै बेलायत जान लागेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। प्रतियोगिता ७ साउनबाट शुरू हुँदै छ।
क्वारेन्टिन अवधिमा दुई पटकका पीसीआर परीक्षण गरिनेछ। रिपोर्ट नेगेटिभ आएपछि मात्र उनले प्रतियोगितामा खेल्न पाउनेछन्।
उनले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता ओभलबाट खेल्नेछन्। उनको टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ। प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा हुन लागेको हो।
गत वर्ष नै हुने तय गरिएको प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण रोकिएको थियो। यो प्रतियोगिताका लागि उनी एक लाख पाउन्डमा ओभलसँग अनुबन्धित भएका हुन्।
यो प्रतियोगितापछि उनीले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए। सीपीएल २५ अगस्टदेखि १५ सेप्टेम्बरसम्म सेन्ट किट्स एन्ड नेभिसमा हुनेछ।