अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने
कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि ब्राजिलसँग भिड्नेछ।
आज बिहान भएको खेलमा कोलम्बियालाई अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको हो। अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गोल गरे। डी पाउलको प्रहार बारमाथिबाट बाहिरियो।
त्यस्तै, कोलम्बियाका लागि बोर्जा र काउड्राडोले गोल गरे। सान्चेज, मेना र कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियोले रोकेका थिए।
यसअघि अर्जेन्टिनाले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो। मेसीले दिएको पासमा लाउटारो मार्टिनेजले गोल गरेका थिए।
दोस्रो हाफको ६१ मिनेटमा कोलम्बियाले बराबरी गर्यो। कोलम्बियाका लागि डियासले गोल गरेका थिए।