भेरोसेलको दोस्रो डोज लगाउन शुरू (तस्वीरहरू)
कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’को दोस्रो डोज आजबाट लगाउन थालिएको छ।
आजबाट काठमाडौं र भक्तपुरमा दोस्रो डोज लगाउन थालिएको हो। २५ जेठदेखि पहिलो डोज लगाएका व्यक्तिलाई २४ असारसम्म दोस्रो डोज लगाइनेछ।
काठमाडौं र भक्तपुरका विभिन्न खोप केन्द्रमा बिहानैदेखि भीड लागेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका केही दृश्य :