क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा प्रदीप पौडेल चयन भएका छन्।
अब समितिका तर्फबाट आधिकारिक धारणा प्रवक्ता पौडेलले सार्वजनिक गर्ने समितिका सचिव केशव रिजालले जानकारी दिए। रमेश लेखक संयोजक रहेको समितिले पार्टीका केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता चयन गरेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार समितिका संयोजक तथा सदस्यहरूलाई बोलाएर क्रियाशील सदस्यता सम्बन्धी काम निर्धारित मितिमै पूरा गर्न निर्देशन दिएका थिए।