भेरोसेल खोप खरीदका लागि सम्झौता, २४ असारबाट साप्ताहिक रूपमा आपूर्ति
सरकारले भेरोसेल खोप खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २४ असारबाट खोपको आपूर्ति शुरू हुनेछ। खोप साप्ताहिक रूपमा विभिन्न चरणमा आउने मन्त्रालयले जनाएको छ।
सरकारले हालसम्म कुल ४२ लाख ४८ हजार डोज खोप छिमेकी राष्ट्र र कोभ्याक्स मार्फत प्राप्त गरेको जनाएको छ।
हालसम्म २५ लाख ७४ हजार जनाले पहिलो र ७ लाख ५७ हजारले दुवै डोज खोप लगाएका छन्।
मन्त्रालयका अनुसार, २२ असारबाट भेरोसेल खोपको दोस्रो डोज प्रदान गरिँदै छ।