सिभिल ब्यांकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त
सिभिल ब्यांक लिमिटेडको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ।
बैठकले १८ असारदेखि लागू हुने गरी आगामी चार वर्षका लागि पोखरेललाई सीईओ नियुक्त गरेको हो।
१८ वैशाखदेखि पोखरेल ब्यांकको कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। त्यसअघि उनी नायब प्रमुख कार्यकारी अधिकृत थिए।
पोखरेलसँग स्ट्याण्डर्ड चाटर्ड ब्यांकमा १६ वर्ष, एनआईसी एशिया ब्यांकमा ५ वर्ष र नबिल ब्यांकमा १ वर्ष काम गरेको अनुभव छ।
त्यस्तै, उनले स्ट्याण्डर्ड चार्टर्ड ब्यांंक, अफगानिस्तानमा ३ वर्ष, म्यानमारको युनाइटेड अमारा र एजीडी ब्यांकमा पनि १/१ वर्ष काम गरिसकेका छन्।