भक्तपुरमा भागस्थी मनाइँदै (तस्वीरहरू)
भक्तपुरमा आज भागस्थी पर्व मनाइँदै छ। यो पर्व नौ महीना लामो नवदुर्गा जात्राको अन्तिम दिन मनाइन्छ।
आज अनुहारमा मखुन्डो लगाएर नाच्ने गरिन्छ। स्थानीय बासिन्दा पूजाअर्चना गर्दै सहभागी हुन्छन्।
नृत्य सकिएपछि साँझपख मखुन्डोलाई जलाउने गरिन्छ। मखुन्डोको खरानीलाई राखेर अर्को वर्ष मखुन्डो बनाउन प्रयोग गरिन्छ।