काठमाडौं उपत्यकामा थपिए ४१९ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बुधबार काठमाडौंमा ४३६, ललितपुरमा ८९ र भक्तपुरमा ४७ जनामा संक्रमण देखिएको थियो।
योसँगै सक्रिय संक्रमितको संख्या काठमाडौंमा पाँच हजार ११, ललितपुरमा एक हजार ९४८ र भक्तपुरमा एक हजार ३९५ पुगेको छ।
उपत्यका बाहिरका चार जिल्लामा भने संक्रमितको संख्या बढेको छ। झापामा २४८, कास्कीमा १८९, मोरङमा १७६ र सुनसरीमा १२९ जनामा संक्रमण देखिएको छ।
आज देशभर दुई हजार ७६० जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा चार हजार १७ जना निको भएका छन्।