कृषि विकास ब्यांकको क्रेडिट कार्ड, न्यूनतम सीमा २५ हजार
कृषि विकास ब्यांक लिमिटेडले गत वैशाखदेखि क्रेडिट कार्डको सेवा शुरू गरेको छ।
दुई महीना अर्थात् वैशाख र जेठमा ७८ वटा कार्ड जारी गरिएको ब्यांकले जनाएको छ।
दिगो आयस्रोत भएका ग्राहक, ब्यांकका कर्मचारी र पूर्वकर्मचारीले क्रेडिट कार्डको सुविधा लिन सक्नेछन्।
कृषि विकास ब्यांकको क्रेडिट कार्डको न्यूनतम सीमा रू. २५ हजार छ।
यसबाट नेपाल र भारतका पीओएस मेशिन मार्फत भुक्तानी गर्न पनि मिल्नेछ।