टाटा मोटर्स र सांग्रिला डेभलपमेन्ट ब्यांकबीच सम्झौता, बिनाधितो ७० प्रतिशतसम्म कर्जा सुविधा
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र सांग्रिला डेभलपमेन्ट ब्यांकबीच सम्झौता भएको छ।
टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरीदको लागि सहुलियत कर्जा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
यस सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङ्गको सिफारिशमा १ हजार ५०० ग्राहकले टाटा मोटर्स ब्रान्डको पिकअप र कार्गो गाडी खरीदका लागि सांग्रिला डेभलपमेन्ट ब्यांकबाट बिनाधितो अधिकतम ७० प्रतिशत कर्जा प्राप्त गर्नेछन्। यसको सेवाशुल्क पनि १ प्रतिशतभन्दा कम हुनेछ।
यो सुविधा ग्राहकले देशभरका टाटा मोटर्सको डिलर र ब्यांकका शाखाबाट प्राप्त गर्न सक्नेछन्।