लक्षण छैन भने १० दिनपछि कोरोना परीक्षण नगराउनु : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई लक्षण नभए दश दिनपछि परीक्षण नगराउन आग्रह गरेको छ।
“अस्पताल जानुपर्ने अवस्था छैन र लक्षण पनि छैन भने १० दिनपछि कोरोना परीक्षण नगराउनुहोला,” बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले भने, “सरकारी तथा गैरसरकारी कार्यालयले पनि नेगेटिभ रिपोर्ट बनाउन बाध्य नगराउनुहोला।”
कतिपय संक्रमितमा ९० दिनसम्म पनि रिपोर्ट पोजेटिभ देखिने डा. पौडेलले जानकारी दिए। उनका अनुसार, संक्रमण देखिएकाे १० दिनपछि अरूलाई सर्दैन।