काठमाडौंसँगै पाँच जिल्लामा थपिए सयभन्दा बढी संक्रमित
काठमाडौंसँगै बागमती र प्रदेश १ का पाँच जिल्लामा एक सयभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं, ललितपुर, चितवन, सुनसरी र झापामा एक सयभन्दा बढी संक्रमित थपिएका हुन्। काठमाडौंमा ३०२, ललितपुरमा १००, चितवनमा १५५, सुनसरीमा १३८ र झापामा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, मोरङ, कास्की, बाग्लुङ र रुपन्देहीमा ५० भन्दा बढी संक्रमित थपिएका छन्। मोरङमा ९०, कास्कीमा ६१, बाग्लुङमा ७० र रुपन्देहीमा ५१ जनामा संक्रमण देखिएको हो।
आज काठमाडौं उपत्यमा ४५८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज काठमाडौंमा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको छ। हिजो काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जनामा संक्रमण देखिएको थियो।
योसँगै सक्रिय संक्रमितको संख्या पनि काठमाडौंमा चार हजार ५७३, ललितपुरमा दुई हजार १०७ र भक्तपुरमा एक हजार ६५० पुगेको छ।