नेप्से २७ अंकले बढ्यो, कारोबार ७ अर्बमा सीमित
आइतबार शेयर बजार परिसूचक, नेप्से २७.१७ अंकले बढेको छ।
परिसूचक दोहोरो अंकले बढे पनि कारोबार चाहिँ ७ अर्ब १६ करोड ७४ लाखमा सीमित भएको छ। आज परिसूचक २८७०.१८ बिन्दुमा पुगेको छ।
आज २२७ कम्पनीको २ करोड ९ लाख कित्ता शेयर खरीदबिक्री भएको छ। आइतबार १०२ कम्पनीको शेयर मूल्य बढेको छ। ११४ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।
आइतबार ब्यांकिङ, जलविद्युत्, लगानी, उत्पादन, लघुवित्त, सामूहिक लगानी, अन्य र व्यापार समूहको सूचक बढेको छ।
आज सेञ्चुरी कमर्शियल ब्यांक र माथिल्लो तामाकोशीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। त्यसैगरी यूनाइटेड मार्दी, रिडी जलविद्युत्, सिभिल ब्यांक लगायतका लगानीकर्ताले धेरै कमाएका छन्।