सिप्रदीद्वारा ६० प्राविधिकलाई विशेष तालीम
सिप्रदी ट्रेडिङ्ग प्रालिले ६० प्राविधिकलाई तीन हप्ते विशेष तालीम दिएको छ।
टाटा गाडीमा आएका नयाँ प्रविधि विशेषगरी– बिएसफोर, एससिआर र एबिएस सम्बन्धी विषय तालीममा समावेश गरिएको थियो।
कार्यक्रममा गाडी मर्मत सम्बन्धी थप प्राविधिक जानकारी लिन चाहने राजमार्गका च्यानल पार्टनर लक्षित गरी सञ्चालन गरिएको थियो।
कोरोना महामारीले गर्दा तालीम अनलाइन मार्फत गरिएको थियो। कम्पनीले नयाँ प्रविधिलाई ध्यानमा राखेर उनीहरूको क्षमता विकासमा काम गर्दै जाने प्रतिबद्धता जनाएकोे छ।