आज काठमाडौं उपत्यकामा बढे संक्रमित
काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा शुक्रबार कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज उपत्यकामा ४२७ जना संक्रमित थपिएका छन्। बिहीबार ३३५ जनामा संक्रमण देखिएको थियो।
शुक्रबार काठमाडौंमा ३०८, ललितपुरमा ७६ र भक्तपुरमा ४३ जनामा संक्रमण देखिको छ। बिहीबार काठमाडौंमा २३४, ललितपुरमा ६८ र भक्तपुरमा ३३ जनामा संक्रमण देखिएको थियो।
आज देशभर दुई हजार ४७६ जनामा संक्रमण देखिएको छ। योसँगै अहिलेसम्म संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ।
त्यस्तै, आज देशभर पाँच हजार ४५५ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पाँच लाख ७६ हजार ४१३ पुगेको छ।