काठमाडौंमा पनि बढे संक्रमित, ४९७ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज ४९७ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार ४७६ जनामा संक्रमण देखिएको थियो।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ जना र भक्तपुरमा ५७ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार काठमाडौंमा ३१० जना, ललितपुरमा ९९ जना र भक्तपुरमा ६७ जनामा संक्रमण देखिएको थियो।
योसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। सक्रिय संक्रमितको संख्या काठमाडौंमा चार हजार ६९७, ललितपुरमा दुई हजार ५५८ र भक्तपुरमा एक हजार ९२१ पुगेको छ।