कोरोनाबाट ८१ जनाको मृत्यु, २४ सय संक्रमित थपिए
कोभिड-१९ को संक्रमणबाट देशभर ८१ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १२ हजार ४१४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४२१ जनामा संक्रमण देखिएको हो। जसमध्ये सात हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ५११ जनामा र चार हजार ९५३ जनाको एन्टिजेन परीक्षण गर्दा ९१० जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलका अनुसार, कोरोनाबाट ८१ जनाको मृत्यु भएको छ। मंगलबार ४१ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ८९९४ पुगेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार ५५८ जना निको भएका छन्। मंगलबार चार हजार ९५४ जना निको भएका थिए।
अहिले देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ४७ हजार २४६ जना होम आइसोलेसनमा र तीन हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।