शेरबहादुर तामाङले सार्वजनिक गरे १९ दिनको चार ‘उपलब्धि’
सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत काम गर्न रोक लगाएका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफूले १९ दिनमा चार वटा काम गरेको दाबी गरेका छन्।
कोरोना नियन्त्रणमा इमानदार प्रयत्न, सबै नेपालीलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल, सम्पूर्ण सरकारी अस्पतालहरूलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चित गर्ने प्रक्रिया आरम्भ र गाँजाको औषधीय उपयोग र अनुसन्धानका लागि पहल शुरू गरेको तामाङले बताएका छन्। उनकै शब्दमा तामाङले १९ दिनमा प्रयत्न, छलफल, प्रक्रिया आरम्भ र पहल शुरू गरेको देखिन्छ।
प्रतिनिधि सभा विघटनपछि मन्त्री बनेका तामाङसहित २० जनालाई सर्वोच्च अदालतले अर्को आदेश नभएसम्मका लागि काम गर्न रोक लगाएको छ।