७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्डको दोस्रो डोज (तस्वीरहरू)
ललितपुर महानगरपालिकाले ७७ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो डोज लगाएको छ।
खोप लगाउँन बिहानैदेखि ज्येष्ठ नागरिक खोप केन्द्रमा पुगेका छन्। महानगर कार्यालय परिसर र पाटन क्याम्पसमा वृद्धवृद्धाको घुइँचो लागेको छ।
ललितपुर महानगरले गत चैतमा पहिलो डोज लगाएका ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउने व्यवस्था गरेको हो। भारतबाट कोभिशिल्ड खोप नआउँदा करीब १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन्।