घरभित्रको लेदो माटाे र बालुवा पन्छाउँदै मेलम्चीवासी (तस्वीरहरू)
मेलम्ची नदीमा आएको बाढीले क्षतविक्षत भएको मेलम्ची बजारका बासिन्दाले घरभित्रको लेदो माटाे र बालुवा पन्छाउन थालेका छन्।
१ असारमा आएको बाढीले मेलम्ची बजारका एक सयभन्दा बढी घरमा क्षति पुगेको थियो। बाढीसँगै आएको बालुवा, लेदो र ढुंगामुढा घरभित्र पसेका छन्। कतिपय घरमा भित्र छिर्न पनि सकस छ। ढुंगामुढा र बालुवाले झ्याल तथा ढोका थुनिएका छन्।
दुई दिनयता पानी पर्न छाडेपछि स्थानीय बासिन्दाले घरभित्रको बालुवा पन्छाउन थालेका हुन्। घरभित्रका सरसामान पनि बालुवामा पुरिएका छन्।