राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट भएका छन्।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवालाई प्राथमिकतामा राखेर ५० जना खेलाडीलाई बोलाएका हुन्। अब नेपालले साफ च्याम्पियनशिप र एएफसी एसियन कपको अन्तिम चरण खेल्दै छ।
त्यसैका लागि राष्ट्रिय टोली छनोट गर्न मुख्य प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणमा ५० जनालाई बोलाएका हुन्। बन्द प्रशिक्षण १७ असारबाट हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
बन्द प्रशिक्षणका छनोट भएका खेलाडी :
गोलकिपर : अर्पण कार्की, विकेश कुथू, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की र किरणकुमार लिम्बू।
अन्य खेलाडी : आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनीष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, नीरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पूजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रणदीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ।