निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो सवारी चाप (तस्वीरहरू)
मंगलबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएको छ।
६ असारमा बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १४ असारसम्म थप गरेको थियो।
आजदेखि बार अनुसार पसल खुलेका छन् भने निजी सवारी साधनमा जोरबिजोर नियम लागू भएको छ। सार्वजनिक सवारी साधन भने चलेका छैनन्।