७१ अंकले घट्यो नेप्से, ११ अर्बको कारोबार
सोमबार शेयर बजार परिसूचक, नेप्से ७१.०६ अंकले घटेको छ। खुलेदेखि ओरालो लागेको बजार २८३४.४१ बिन्दुमा झरेको छ।
आज २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सूचीकृत सबै समूहको सूचक घटेको छ। सबैभन्दा धेरै फाइनान्स र जलविद्युत् समूहको सूचक समान ५.२० प्रतिशतले घटेको छ।
आज नारायणी विकास ब्यांकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यसको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ। त्यसैगरी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ४.३३ बढेको छ। सोमबार १७ कम्पनीको मात्र शेयर मूल्य बढेको छ।
त्यसैगरी, पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य ९.२६ र यूनिभर्सल पावर कम्पनी लिमिटेडको ९.१२ प्रतिशतले घटेको छ।